Dhulikhel Eco Banner new
HRM

सिंहदरबारमै नयाँ सरकार गठन हुने, नारायणहिटी सरिने चर्चा हल्ला मात्र होः मुख्य सचिव अर्याल

338
shares

काठमाडौं, २७ भदौ । मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकार सिंहदरबारमै गठन हुने स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधार निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको सञ्चालन सिंहदरबारबाट नै निरन्तर हुने जानकारी दिएका हुन्।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट नारायणहिटी सारिने चर्चा चलिरहेका बेला मुख्य सचिव अर्यालले ती सबै अड्कलबाजी र हल्लामात्र भएको भन्दै खण्डन गरे। ‘सरकार सिंहदरबारमै गठन हुन्छ र त्यहींबाट सञ्चालन हुन्छ,’ उनले भने।

उनका अनुसार, सिंहदरबारमा आगलागीपछि कति क्षति भयो भन्ने प्रारम्भिक आकलन भइसकेको छ र क्षति कम भएका स्थानबाट सेवा प्रवाहलाई अघि बढाउने तयारी भइरहेको छ। “अब मन्त्रालयमार्फत सेवा दिन सुरु गर्ने तयारीमा छौं,” उनले भने।

सिंहदरबारमा भएको अभिलेखको क्षति अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै अर्यालले सवारीसाधन र भौतिक पूर्वाधारको क्षतिको प्राविधिक मूल्यांकन भइरहेको बताए। उनले आवश्यकता अनुसार तिनको व्यवस्थापनका उपाय अवलम्बन गरिने बताए।

मुख्य सचिव अर्यालले जेनेजी ९जनताको निर्वाचित सरकार० को माग अनुसार प्रशासनिक संयन्त्र तयार रहेको जनाउँदै ब्युरोक्रेसी सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

सरकार र प्रशासनबीच समन्वयमा कुनै समस्या नरहेको बताउँदै उनले यथाशीघ्र सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक सबै कदम चालिने जानकारी पनि दिए।