Dhulikhel Eco Banner new
HRM

राष्ट्र बैंकले  १ अर्ब ३० करोड मुद्दति निक्षेपमा लगानी गर्ने

455
shares

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा सवा १ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

राष्ट्र बैंकले आगामी भदौ ३० गते राति ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ।

कुल लगानीमध्ये वाणिज्य बैंकहरूमा १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १९ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ६ करोड ५० लाख रुपैयाँ लगानी गरिनेछ।

राष्ट्र बैंकका अनुसार उक्त लगानी २०८२ असोज ५ गतेदेखि २०८३ असोज ५ गतेसम्म ३६६ दिनका लागि हुनेछ। मुद्दति निक्षेपका लागि प्रस्तावित ब्याजदरको आधारमा छनोट गरिने व्यवस्था गरिएको छ।

यो निर्णय बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन तथा ब्याजदरको सन्तुलनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको बताइएको छ।