सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

वि.सं.२०८२ भदौ २७ शुक्रवार १५:२९
520
shares
shares

काठमाडौं, २७ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रवार एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न ११ वटा शाखाको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले बिराटनगर, खाँदबारी, भोजपुर, दिक्तेल, सिमरा, पनौती, पुतलीसडक, चापागाउँ, फर्पिङ र नेपालटार लगायतका ब्रान्चको लागि ब्रान्च म्यानेजर माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले आवश्यक कागजातसहित असोज ७ गतेभित्र संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।