Dhulikhel Eco Banner new
HRM

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

429
shares

काठमाडौं, २९ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दैछिन्। जेनजी आन्दोलनपछि सरकार विघटन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनले शपथ लिएर संसद विघटन गरिसकेकी छन्। आजको पदभार ग्रहणसँगै कार्की सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी छन्। मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल चलिरहेको  जनाएको छ।

आजै मन्त्रिपरिषद्का सदस्यहरूको नाम टुंग्याएर नियुक्ति गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ। प्रारम्भिक रूपमा केही विभागहरूमा सक्षम र अनुभवी व्यक्तिहरूलाई समेट्ने योजना बनाइएको बताइएको छ।

प्रधानमन्त्री कार्कीले कार्यभार सम्हाल्नु अघि आज बिहान आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूलाई अस्पतालमा पुगेर भेटेकी थिइन्। उनले घाइतेप्रति संवेदना प्रकट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेकी थिइन्।