Dhulikhel Eco Banner new
HRM

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

143
shares

काठमाडौं, २९ भदौ । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्दै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। आजै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्।

गत आइतबारदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी कुल ७२ जनाको ज्यान गएको पुष्टि भएको छ। यस्तै, आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहणसँगै आन्दोलनमा मृत्यु भएका नागरिकहरूप्रति सम्मान प्रकट गर्दै राहत, उपचार र पुनःस्थापनाका विषयलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दिएकी छिन्। सरकारले शहीद घोषणा र राहतसँगै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्ने तयारी पनि अघि बढाएको छ।