Dhulikhel Eco Banner new
HRM

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने अवधि २ दिन थप

299
shares

काठमाडौं, ३० भदौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि खुल्ला गरेको आईपीओ प्राथमिक शेयर मा आवेदन दिने म्याद २ दिन थप गरिएको छ। कम्पनीले प्रारम्भिक रूपमा भदौ २५ गते निष्काशन बन्द गर्ने तय गरेको थियो, तर सो दिन देशभर उत्पन्न विषम परिस्थितिका कारण आवेदन प्रक्रिया प्रभावित भएको बताइएको छ।

कम्पनीले स्थानीय बासिन्दाहरू विशेषतः रुपन्देही र पाल्पा जिल्लावासीको आग्रहलाई मध्यनजर गर्दै भदौ ३० र ३१ गते थप दुई दिनको समय दिने निर्णय गरेको हो।

श्रीनगर एग्रीटेकले कुल १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

यस आईपीओमध्ये १ प्रतिशत (१ लाख ६३ हजार १२५ कित्ता) शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको हो । जसमा प्रतिशेयर मूल्य १०० रुपैयाँ तोकिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले लिएको छ। सम्बन्धित क्षेत्रका इच्छुक बासिन्दाहरूले नजिकको सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयर मार्फत पनि आवेदन दिन सक्नेछन्।