Dhulikhel Eco Banner new
HRM

सिद्धार्थ बैंकका ग्राहकहरुलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशत सम्मको छुट

312
shares

काठमाडौं, ३० भदौ । सिद्धार्थ बैंक र वाटरफ्रन्ट रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लेकसाईड, पोखरा स्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा ग्राहकहरूले थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन् ।