Dhulikhel Eco Banner new
HRM

असोजमा पनि बैंकहरूको ब्याजदर घट्यो, हेर्नुस् कुन बैंकको कति ?

208
shares

काठमाडौं, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत राखेका छन्।

दुई बैंकले भने ब्याजदर बढाएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक र लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर वृद्धि गरेका छन्। ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेका छन्।

असोज महिनामा कृषि विकास बैंकले ०.१८ प्रतिशत, एनआइसी एशिया बैंकले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, नेपाल बैंकले ०.१५ प्रतिशत, कुमारी बैंकले ०.२० प्रतिशत, नेपाल एसबिआई बैंकले ०.२७ प्रतिशत र एभरेष्ट बैंकले ०.५० प्रतिशतले ब्याजदर घटाएका छन् ।

हेर्नुस् कुन बैंकको कति:

बैंक भदौको ब्याजदर प्रतिशतमा असोजको ब्याजदर प्रतिशतमा
माछापुच्छ्रे
हिमालयन
एनआईसी एसिया ६.२५
एनएमबि
ग्लोबल आइएमई
प्रभु ५.३५ ५.३५
नेपाल ५.४ ५.२५
सिटिजन ५.५ ५.२५
सानिमा ५.७५ ५.२५
लक्ष्मी सनराइज ५.२५
एभरेष्ट ५.७५ ५.२५
नेपाल इन्भेष्टमेन्ट मेगा ५.२५ ५.२५
स्ट्यान्डर्ड चार्टर्ड ५.१३ ५.१८
नेपाल एसबिआई ५.२५ ५.१८
राष्ट्रिय वाणिज्य बैंक ५.५ ५.५
प्राइम कमर्सियल ५.५
सिद्धार्थ ५.५ ५.५
नबिल ५.५ ५.५
कृषि विकास ५.२ ५.०५
कुमारी ५.२१ ५.०१