Dhulikhel Eco Banner new
HRM

सुनको मुल्य हालसम्मकै उच्च, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

377
shares

काठमाडौं, ३१ भदौ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार प्रतितोला २ लाख १५ हजार २ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार १ हजार ९ सयले बढेर प्रतितोला २ लाख १७ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मुल्य पनी २० रुपैयाँले बढेको छ । सोमवार २ हजार ५७५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलवार बढेर २ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ ।