Dhulikhel Eco Banner new
HRM

बैंकिङ क्षेत्रमा ऋण तिर्नु पर्दैन भन्ने किसिमको अराजकले तनाव सिर्जना भएको छ : गभर्नर अधिकारी

1.3K
shares

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा ऋण तिर्नु पर्दैन भन्ने किसिमको अराजकका कारण बैंकरलाई तनाव सिर्जना भएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको ३८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले मनोवैज्ञानिक प्रभावमा रहेको बताएका हुन् ।

गभर्नर अधिकारीले पोलिसि समयसमयमा परिवर्तन भइरहन आवश्यक रहेको बताएका छन् । कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको कारण नै सम्भव रहेको समेत जिकिर गरे । पछिल्लो समय पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर, प्रोभिजनले बलियो बनाएको छ ।

‘वर्तमान अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा केही असहज अवस्था भए पनि आउँदो दिनहरु राम्रो हुनेछ’, उनले भने, ‘सबै बैंकरहरुलाई निराश नभईकन सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्दछु।’

उनका अनुसार बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले होइन, बैंक आफ्नै कारणले दिन नसकेको हो । जो इफिसियन्ट छ उसले लाभांश बाँड्यो । प्रोभिजनका कारण लाभांश क्षमता घटेको होइन ।

उनले कर्जा संकलनमा बैंकरहरूलाई तनाव भइरहेको बताए । उनले पछिल्लो दिन सुधारको लहर देखिन थालेको भन्दै हिजो नोक्सानी व्यवस्था गरेको रकम फिर्ता हुने र लगानीकर्ताले प्रतिफल पाउँने बताएका छन् । नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरूलाई जित्दै आज सुरक्षित रहेको बताएका छन् ।