Dhulikhel Eco Banner new
HRM

राष्ट्रिय वाणिज्य बैंकले २.५० अर्बको ऋणपत्र आइतवारदेखि निष्कासन गर्ने

1.26K
shares

काठमाडौं, ५ वैशाख । राष्ट्रिय वाणिज्य बैंकले आइतवारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो।

जम्मा निष्कासन हुने ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरका १५ लाख कित्ता व्यक्तिगत तर्फ र बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरका १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणका लागि तोकिएको १० लाख कित्ता मध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १,००० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रमा आवेदन दिने अवधि छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ। यस ऋणपत्र निष्कासनको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।