Dhulikhel Eco Banner new
HRM

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

1.21K
shares

काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव समारोह उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रासद पौडेलको प्रमुख आतिथ्यतामा बिहीवार एक समारोहकाबीच सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा अगाउन आग्रह गर्दै औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गरे । उनले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरु बैंकलाई उछिन्ने गरी कार्य गर्नका लागि शुभकामना दिएका हुन् ।

प्रमुख अतिथि एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलले बैंकको ६०औँ वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८१ विमोचन गरेका थिए ।

बैंकको ६० औं वार्षिककोसवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरे । प्रमुख अतिथि एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको स्वीच थिचेर डिजिलट माध्यमबाट उद्घाटन गरे । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए ।  यो बैंकको पुँजीको विकासको लागि आउने प्रस्ताव प्रति राष्ट्र बैंक उदार रहेको बताए

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए । उनले यस बैंकले सुन खरीद बिक्री गर्ने कार्य समेत शुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै हामिले भर्खरै आर्थिक वर्ष २०८०र०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी पुस २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको जानकारी गराए । पुस मसान्तमा बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट २ खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ ।

उनले पुष मसान्तमा बैंकको कोषको लागत ३।८१ प्रतिशत तथा आधारदर ५।४४ प्रतिशत रहेको बताए । उनले यसै आर्थिक वर्षबाट हामीले साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जा जस्ता नयाँ कर्जाहरु मार्फत समस्त देसबासीमा आफ्नो सेवा विस्तार गर्ने र उत्पादन एवं स्वरोजगारलाई जोड दिई आय आर्जन वृद्धि गर्ने कार्यक्रमहरु ल्याएका छौं भने ।  नेपाल क्लेरिङ  हाउसद्धारा २०७९/०८० मा सबैभन्दा बढी डिजिटल कारोवार गर्ने बैंकका रुपमा यस बैंकलाई सम्मान गरिएको थियो भने सोहि संस्थाबाट २०८०/०८१ मा स्पेशल रिककनाइजेसन डिजिटाइजिङबाट सम्मान गरिएको बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष डा। रेवतबहादुर कार्की, बैंकमा क्रियाशिल तीन वटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डे, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच बैंकको ६०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसरबाट वित्तीय साक्षरताका लागि प्रभातफेरीू कार्यक्रमको बिहीवार बिहान आयोजना गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्देश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।

बैंकको केन्द्रीय कार्यालयबाट शुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा व्यानर सहित भद्रकाली, शहिदगेट, न्युरोडगेट, रत्नपार्क, राष्ट्रिय सभागृह मोड र पुनः भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो ।