सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु, पहिलो दिन रबि अग्रस्थानमा

वि.सं.२०८२ असार २ सोमवार १८:२१
shares

काठमाडौं, २ असार । सूर्य नेपाल गल्फ टुर २०२४–२५ कोअन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिनरबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्।
५–अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन् । सुबाश ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे। ३–अन्डर ६९को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुलविश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धन बहादुरथापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे।
२–अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मासंयुक्तरुपमा सातौं स्थानमा छन्। १–अन्डर ७१ स्कोर गरेकादीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपलेनवौं स्थान बाँडे।
पूर्व नम्बर एक गल्फर रबिले छैटौं देखि नवौं होलसम्मलगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मास काए। यसपछि ब्याक नाइनमा उनले १२औं र १७औंहोलमा एक(एक सट बचाए। १३औं होलको बर्डीले ब्याकनाइन १–अन्डर ३५ मा पुरा गरे।
सुबाशले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए। छैटौं होलमाबर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा एक(एक सट खेरफाले। उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे। बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १०औं, १२औं र १६औंहोलमा बर्डी प्रहार गरे। ५(पारको १५औं होलमा इगलकोसफलता हात पारे।
एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुलसंयुक्तरुपमा शीर्षस्थानमा रहे। उनीहरूले ३–अन्डर ६९ कोस्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे।
निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे। छैटौं होलमाएक सट बचाए। पहिलो र आठौं होलमा बोगीको सामनागर्दा फ्रन्ट नाइन ३(अन्डर ३३ मा पुरा गरे। यसपछि ११औं र१४औं होलमा बर्डी तथा १५औं र १८औं होलमा बोगी खेपे।ब्याक नाइन इभन(पार ३६ खेले।
राहुलले फ्रन्ट नाइन १–अन्डर ३५ तथा ब्याक नाइन २(अन्डर३४ मा सकाए। उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे।वाङ्चेनले १(अन्डर ७१ स्कोर गरे। वाङ्चेनले सातौं होलमाचार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगीखेपेका थिए।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरलेहालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीकोलागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेखेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हातपार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारकोहकदार बन्नेछन्। साथै प्रतियोगितामा १८ जना एमेच्योरखेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन्।
चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एमप्रतियोगिता हुनेछ। जहाँ २५ जना प्रोफेसनल र १०० जनाकर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिने जनाएको छ।