Dhulikhel Eco Banner new
HRM

जेनजीको आन्दोलनपछिको अवस्था हिल्टन होटल खरानी

286
shares

काठमाडौं, ३१ भदौ । भदौ २३ र २४ गते जेनजी समूहको अगुवाइमा भएको आन्दोलनले देशभर राजनीतिक तथा सामाजिक तरंग ल्याएको छ। आन्दोलनका क्रममा दर्जनौं नागरिकहरूले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्। आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै व्यवसायिक समूहले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अन्तर्राष्ट्रिय चेन होटल हिल्टन सञ्चालनमा ल्याएको जगदम्बा हस्पिटालिटी ग्रुप, शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनपछिको घटनाक्रममा आफ्नो संस्थामाथि आइरहेका भ्रामक र कपोलकल्पित समाचारहरूप्रति गम्भीर आपत्ति जनाएको छ।

व्यवसायिक समूहका अनुसार, आन्दोलनको क्रममा उनीहरूको भर्खरै सञ्चालनमा आएको होटल हिल्टनमा आगजनी हुँदा करोडौंको क्षति पुगेको छ। यो केवल भौतिक क्षति मात्र होइन, यसले नेपालको व्यापार, पर्यटन र समग्र अर्थतन्त्रमा गम्भीर असर पारेको छ विज्ञप्तिमा उल्लेख छ।

उक्त समूहले कोभिड महामारीको समयमा हामी नेपालु नामक संस्थासँग सहकार्य गरी मानवसेवामा सहभागी भएको स्पष्ट पार्दै हालको जेनजी आन्दोलन र त्यसका अगुवा सुदन गुरुङसँग कुनै सम्बन्ध नरहेको बताएको छ।

कोरोना महामारीका बेला हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हामी नेपाल’सँग सहकार्य गरेका थियौं, तर त्यसयता कुनै सम्बन्ध छैन, विज्ञप्तिमा भनिएको छ। व्यवसायिक समूहले पछिल्ला दिनमा सुदन गुरुङ, दीपक भट्ट इन्फिनिटी होल्डिङ्स र साहिल अग्रवाल शंकर ग्रुप सँग जोडेर आएका समाचारहरूलाई भ्रामक र मानका भरमा बनाइएका बताउँदै खण्डन गरेको छ।

उनीहरूले सञ्चारमाध्यमहरूलाई सत्यता पुष्टि नगरी समाचार प्रकाशन नगर्न आग्रह गर्दै भनेका छन्, कुनै पनि सञ्चारमाध्यमले प्रत्यक्षरूपमा हामीसँग सोधपुछ नगरी तथ्यहीन सामग्रीहरू प्रकाशित गरेका छन्, जसले भ्रम सिर्जना गरेको छ।

होटल हिल्टनमाथिको आगजनीलाई पूर्व नियोजित र कुत्सित मनसायुका आधारमा गरिएको भन्दै विज्ञप्तिमा भनिएको छ, हाम्रो उद्यमशीलता, लगानी, समय र श्रम खरानीमा परिणत भएको छ तर हामी विचलित छैनौं। फेरि उठ्नेछौं र देशकै लागि केही गर्नेछौं।

अन्त्यमा, समूहले सम्पूर्ण नेपाली नागरिकहरूलाई सामाजिक सञ्जाल तथा अनलाइनमा फैलिरहेका अपुष्ट र भ्रामक सामग्रीहरूमा विश्वास नगर्न अपिल गरेका छन्।