Dhulikhel Eco Banner new
HRM

बीमा रकम हत्याउन कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या

1.24K
shares

काठमाडौं, ३ माघ । कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेको खुलासा भएको छ। घटना भएको करिब २ महिनापछि बीमाकै रकम पाउन भारतीय प्रेमीसँग मिलेर हत्या गरेको खुलासा भएको हो।

कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोटकी जानकी कुमारी रानाले गत मंसिर १३ गते अपरान्ह आफ्नै श्रीमान ४९ बर्षिया सियाराम रानाको हत्या गराएकी हुन् । भारतको खिरी जिल्लाको सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा श्रीमान सियारामको इँट्टाले प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीले बताएका छन् । उनका अनुसार जनक कुमारीले रानाको हत्या गरेर शौचालयमा लडेर मृत्यु भएको भन्दै आफैँले बीमा कम्पनीलाई खबर गरेपश्चात मात्र यो खबर प्रहरीमा पुगेको उनको भनाई छ ।

उपरिक्षक जोशीका अनुसार उनीहरुले सियाराम रानाको हत्या गरिसकेर शौचालयमा लड्दा मृत्यु भएको बताएपनि घरको अन्य स्थानमा पनि रगत देखिएको र टाउको र तालुमा चोट लागेको देखिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खाटमुनि रगत लागेको ईंटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए ।

थप जाँचबुझको क्रममा निज फारुल समेतले खुलाए अनुसार हत्या गरिएका सियारामको नाममा बीमा कम्पनीमा २८ लाख रुपैयाँको बीमा गरेको र सो रकम समेत लिएर घर बनाएर बस्ने योजना रहेको तथ्य खुलेको छ ।

उपरिक्षक जोशीका अनुसार जनक कुमारीलाई हाल पुर्पक्षका लागि कञ्चनपुर जिल्ला कारागारमा छिन्। जनककुमारीमाथि अनुसन्धान गर्ने क्रममा भारतीय नागरिकसँग मिलेर हत्या गरेको तथ्य फेला परेपछि फारुखलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।