‘वैदेशिक मुद्रा आर्जन गर्न सक्ने ठुलो अलैंची नेपालमै उत्पादन हुन्छ’
वि.सं.२०८१ कात्तिक २७ मंगलवार १४:३७
shares

काठमाडौं २७ कात्तिक । नेपाल अलैंचीको उत्पादनमा एकदमै राम्रो सम्भावना भएका देश हो । नेपालमा अलैचीको मुल्य बढिरहदा पनि यसको उत्पादनमा ह्रास भएको पाइन्छ । यस्तो नाजुक अवस्था आउनुको कारणहरुका बारेमा हामीले अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई सँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनै भट्टराई सँग केटिएम भ्वाईसका लागि सरगम तामाङले गरेको कुराकानीको सम्पादित अंशः
नेपालमा अहिले अलैंची उत्पादनको अवस्था के कस्तो छ ?
अहिलेकोे अवस्थामा अलैंचीको उत्पादनमा हृास आएको छ । बिगतभन्दा ५० प्रतिशत अन्तिम वर्षभन्दा पनि ५० प्रतिशत र अब आउने उत्पादन अझै ५० प्रतिशतको २० प्रतिशत घटेर ३० प्रतिशत उत्पादन हुने सम्भावना देखिन्छ ।
यस्तो नाजुक अवस्था आउनुको कारणहरु के के होला ?
सर्वप्रथम मुख्य कारण नै जलवायु परिवर्तन हो । समयमा पानी नपर्ने हाम्रोे अलैंची खेति आकाशे पानीको भरमा निर्भर हुने सिचाईको व्यवस्था नभएको र पानी आउन नसकेको कारणले हो । रोगको कारणले गर्दा पनि उत्पादन घटेको हो ।
अलैंची राम्रो फलाउनका लागि के के उपायहरु अपनाउने गर्नुभएको छ ?
बाली व्यवस्थापन को लागि धेरै कुरा हुन्छ । त्यसको लागि माटो परिक्षणदेखि लिएर रोगमुक्त विरुवाहरु लगाउने कुन जातको अलैंचीले उत्पादन बढि दिन्छ त्यहि जातको विरुवा लगाउने यस्ता कुरामा हामीले खेति विस्तार गर्नुपर्ने तर निश्चित कुराहरु नै पुरा भएको छैनन् ।
नेपालमा सम्भावना धेरै छ, वैदेशिक मुद्रा आर्जन गर्न सक्ने यति ठुलो अलैंची नेपालमै उत्पादन हुन्छ, तर यसैलाई चाही बेवास्ता गरिएको छ । नेपालमा नेपाल सरकारले जति प्राविधिक हुनुपर्थ्यो त्यति भएको छैन । जति किसानहरुलाई सुविधा हुनुपर्थ्यो त्यति किसानहरुलाई रोगका, रोगमुक्त बेर्नाहरु दिने, सिचाईका हुनुपर्ने जुनठाउँमा खेति गर्ने सम्भवना छ, त्यस्तो ठाउमा किसानहरुलाइ खेति विस्तार गर्नमा प्रोत्साहन गर्नुपर्ने थियो ।
यस्ता खालका अवस्थाहरु नभएको र किसानहरुले स्वत आफ्नै हिसाबले त्यसको कुनै जानकारी नभइ, त्यसको रोगबारे कुनै परिक्षण, माटो परिक्षण नगरि बिरुवाको जात नहेरी, हामीले यो लगाएपछी आम्दानी हुन्छ भनेकै भरमा खेति विस्तार भइरहेको छ । त्यस्तो खेति विस्तारले गर्दा अहिले अलैंचीको उत्पादन घटेको छ । अलैंचीमा लाग्ने रोगका कारणले ३ वर्ष देखी उत्पादन न्युन रहेको अवस्था छ ।
उत्पादन दिने बेलामा मरेर,सुकेर जाने यस्ता अवस्था भएको कारणले अहिले पछिल्लो चरणमा एकदमै उत्पादन पनि घटेर आएको छ । नेपाल सरकारको अलैचीं बिकास केन्द्र होस वा कृषि ज्ञान केन्द्र होस जहाँ छन उनिहरुको कुनै किसिमको प्रत्यक्ष सर्पोट नभएका कारणले यो अवस्था सिर्जना भएको हो ।
नेपालमा अलैंचीको बजारीकरणको अवस्था के कस्तो छ ? अलैंचीको बजारीकरणमा
के कस्तो चुनौतीहरुको सामना गर्नुपरेको छ ?
सर्वप्रथम त अहिले हाम्रो उत्पादन हो । उत्पादन भएको अलैंचिहरु हामीले बिक्री गर्न कुनै समस्या परेको छैन । अहिले पनि यसको मुल्य राम्रै पाईरहेको अवस्था छ चाहे किसानहरुले होस वा व्यवसाय गर्नेले पछिल्लो चरणमा यो दुइवर्ष यता यसको मुल्य पाईरहेको अवस्था छ तर अझैपनि खपतको हिसाबले हाम्रो मुख्य बजार भारत होे ।
उत्पादनको हिसाबले सबैभन्दा बढि उत्पादन हुने देश नेपाल हो । भारतबाहेकको विश्वमुलुकमा सहज तरिकाले अहिले पनि हामी पुग्न सकिरहेको अवस्था छैन । यस्ता विभिन्न समस्याहरु छन ति समस्याहरुलाई नेपाल सरकारको सम्बन्धित निकायमा वा सरोकारवालाहरु सम्बन्धित ठाउहरुमा हामीले उठान गर्यौ ।
उठान जति नै भएपनि केहि नितिगत समस्याहरु छन हामी भारतसँग मात्र निर्भर भएर अरु देशमा पठाउन नसक्नु यी विविध समस्याले गर्दा अहिले हाम्रो प्रत्यक्ष रुपमा भोलुममा थोरै एक टन ५ सयहरु त हामी बाहृय कारोबार मार्फत पनि केहि गरेको अवस्था छ तर भोलुममा हामी जसरी तेस्रो मुलुक पठाउनुपर्ने या पुर्याउनुपर्ने हामीले लिङक हुनुपर्ने कुरामा अहिले समस्या छ तर भारत देशको मुख्य बजार भएकोले बिक्रीवितरणमा र भएको अलैचीलाई बिक्री गर्नलाई हामीलाई कुनै समस्या छैन ।
नेपालमा अलैंची निर्यात भन्दा आयात बढि हुनुका कारणहरु के के हुन ?
अलैची नेपालमै उत्पादन हुने भएकाले अलैचीको आयात छैन । नेपालमा ठुलो अलैची छ यो अलैची चाँही अहिले सम्म आयात छैन । हाम्रै उत्पादन भएर निर्यात मात्र गरिरहेका छौ ।
हामीले ९५ प्रतिशत अलैची निर्यात गरिरहेका छौ भने ५ प्रतिशत हाम्रो देशमै खपत भईरहेको छ । सानो अलैची (सुकुमेल) भन्ने चाही आयात भइरहेको छ । तर त्यसलाई पनि विस्थापन गरेर हाम्रो अलैचीलाई खपत गर्नुपर्छ भन्ने मान्यतामा विभिन्न कार्यक्रममार्फत अलैची व्यवसाय महासंघ लागिरहेका छौ ।
जसरी यसलाई हाम्रो देशका नागरिकले विभिन्न हाम्रा होटलहरुमा, हाम्रा खानाको परिकारमा हाम्रा भान्छाको परिकारहरुमा प्रयोग हुनुपर्ने हो त्यो अहिले पनि भईरहेको छैन । हाम्रो अलैचीं प्रयोगहरु गर्नुपर्छ भन्ने मान्यतास्वरुप हामी विभिन्न निकायको सहयोगमा विभिन्न कार्यक्रमहरु ल्याएका छौ । तर हामीले यसलाई प्रत्यक्ष रुपमा कहिबाट आयात गरेका छैनौ ।
अलैंची खेतिबाट हाम्रा किसान कतिको सन्तुष्ट छन ?
किसान कतिको सन्तुष्ट भन्ने कुरामा मुख्यत यसको मुल्यमा भर हुन्छ । पछिल्लो दुई वर्षउता किसान, त्यसमा आवद्ध कलेक्टर, निर्यातकर्ता, व्यवसायी हामी कोही पनि सन्तुष्टि भएको अवस्था थिएन । सबैलाई यसले नोक्सान बनाईराखेको अवस्था थियो । त्यतिखेर किसानले लगाएको अलैचीले सहि मुल्य नपाउदा कतिवटा ठाउमा अलैची मासेर अरु खेति लगाएको उदाहरणहरु छन् ।
मुल्यमा निर्भर रहने भएकाले पछिल्लो दुई वर्षयता यसको मुल्य बढिरहेको कारण अहिले किसानहरु पनि यसमा जागरुक र उत्साहित पनि भएको छ । अहिले यसबाट राम्रै फाइदा पनि लिएको छ । तर यस्तोे अवस्थामा उत्पादन कम हुनाले चिन्ता लिनुपर्ने अवस्था आईरहेको छ । पछिल्लो चरणमा जुन मुल्य छ, यसले गर्दा अहिले खेति विस्तारमा पनि अझै खेति लगाउनुपर्ने, सिचाइको प्रवन्ध गर्नुपर्ने, गोडमेल समयमा गर्नुपर्ने जस्तामा किसानहरु लागिपरीरहेका छन् । जव मुल्य घटछ सबै चिन्तित हुने हो जब मुल्य बढछ सबै त्यसमा खुशि हुने हो तर यसको उत्पादनमा जुन ह्रास भएकोले अहिले खुशि पनि हुन नसकिरहेकोे अवस्था छ ।
उत्पादन घटेको कारणले जति सन्तुुष्टि र उत्साहित हुनुपर्ने हो त्यति अहिले भईरहेको अवस्था छैन । मुल्यलाई हेर्दा नेपालको बजारहरुमा अलैची पुर्याएको अवस्था छ । त्यति पुर्याइरहदा पनि जुन हिसाबले यसलाई प्रयोग गर्नुपर्थ्यो जति यहा उपभोग हुनुपर्थ्यो त्यो अवस्था अहिले पनि देखिदैन । दुई वर्ष यता अलैचीको प्रयोग केहि बढेको अवस्था देखिन्छ किनभने यो भन्दा पहिले २ प्रतिशत मात्र अलैचीं नेपालमा खपत हुन्थ्यो तर अहिले पछिल्लो डाटामा ३ प्रतिशत खपत थप भएर अहिले ५ प्रतिशत खपत भएका स्थिती देखिन्छ ।
क्रमिक रुपमा यसमा सुधार हुन्छ भन्ने हामीले अपेक्षा लिएका छौ । हामीले विभिन्न कार्यक्रममार्फत यसको उपभोग बढाउनुपर्छ, यसको सेवनले फाईदा गर्छ भन्ने कुराहरु प्रोत्साहन कार्यक्रमहरु हामीले गरिरहेका छौ । कुनैपनि चिजको टेष्ट थाहा पाउन त्यसलाई बुझ्न केहि समय लाग्छ । हामीलाई विश्वास छ केहि वर्षभित्र वार्षिक रुपमा खपत बढेर नै जानेछ भन्ने हामी एकदम विश्वस्त छौ ।
यो प्रसङग अलि फरक छ हजुरहरु त नेपाल उद्योग वाणिज्य संघको वस्तुगत सदस्य हुनुहुन्छ, चुनावी चहलपहल पनि सुरु हुने बेला भयो हैन ?
एफएनसिसिआईको चुनावी चहलपहल हुने बेला भएको छैन । भखरै ३ वर्ष कार्यकालमा एकवर्ष यो चैत ३० गते पुगेर अव अहिले यति आएको छ भनेपछि अझै मोटामोटी दुई वर्षको हाराहारीमा छ । अहिले नै यसलाई चुनावी माहोल बनाउनु चुनावी चहलपहल गर्नु उपयुक्त हुदैन भन्ने मलाई लाग्दछ । किनभने अहिले विभिन्न व्यवसायहरुका समस्याहरु, उद्योगीका समस्याहरुलाई लिएर जानुपर्ने र त्यसलाई फेस गर्नुपर्नेमा अहिले चुनावी माहोल बनाएर हिड्नु भनेको ठिक होईन र हुनुहुदैन भन्ने मेरो मान्यता छ ।
एफएनसिसिआईमा तपाईले कसलाई सर्पोट गर्नुहुन्छ ?
कसलाई सर्पोट गर्नेे अहिले नै भन्ने अवस्था छैन । चुनावी माहोल हेरेर चुनाव आउने समय भएपछि त्यो स्थिती आएपछि भन्ने हो । किनभने अहिले भर्खर एक वर्ष भएको छ । अझै करिब २० महिना बाकीँ छ ।
धेरै अगाडी नै कसलाई सर्पोट गर्ने भन्दापनि यो समयभित्र कसले दक्ष रुपमा काम गर्न सक्छ, उद्योगी व्यवसायका हकहितमा समन्वय गरेर फेस गर्न सक्छ, त्यस्ता जो आउछन् नेताहरु हामी समयमा बुझेर निर्णय गर्छौ । अहिलेदेखि निर्णय गरेपछिको पछि हिड्नु उपयुक्त हुदैन र हिडनु पनि हुदैन भन्ने मेरो मान्यता छ ।
एफएनसिसिआइको नेतृत्वमा कस्तो मान्छे आउनुपर्छ ?
सबैको आशा र आफुले मन पराएको पनि हुनुपर्यो र उद्योगी व्यवसायीका कुराहरुलाई नेपाल सरकारसम्म समन्वय गरेर फेस गर्न सक्ने हुनुपर्यो । त्यसमा पनि हुनुहुन्छ धेरै जनामा पनि हामीले छान्नुपर्ने हुन्छ । त्यसमा सामुहिक छ अलग अलग समुह छ र समुह बनाएर औद्योगिक व्यवसायका हकहितका लागि ओझेलमा पार्नहुदैन सामुहिक भएर उद्योगी व्यवसायका समस्यालाई समाधान गर्न एक भएर अगाडी बढनुपर्छ ।
अहिले देखि चुनावी माहोल भयो भने त्यसले गर्दा सहि काम गर्नलाई पनि सर्पोट पुग्दैन । सर्पोट हुनलाई युनिटि हुनुपर्छ । एउटै बोली हुनुपर्छ काम एउटै हुनुपर्छ । अहिले नै चुनावी अवस्था ल्याउनु उपय्क्त हुदैन भन्ने मान्यता छ केहि चुनावी चहलपहल त हामीले पनि देखिरहेका छौ तर त्यस्तो अवस्था हुनुहुदैन भन्ने मेरो भनाई हो । तीमध्येका जो अग्रजहरु छन जो नेतृत्व गरिरहेका छन विभिन्न अलग अलग अगाडी बढने क्रममा धेरै प्रत्यासी छन धेरै इच्छा जाहेर गरेका छन त्यो समयले बताउछ र समयमा जो उपयुक्त हुन्छ त्यसलाई हामीले चुन्नुपर्छ लिएर जानुपर्छ भन्ने भनाई हो । अहिले नै यसलाई फलानालाई भन्नु उपयुक्त हुदैन ।