प्रचण्ड फेरि निर्णायक बन्ने
वि.सं.२०८२ फागुन २४ आइतवार १३:०१
shares

काठमाडौं, २४ फागुन । मुलुकमा राजतन्त्रको समाप्ति पछि सधै सत्ताको अग्रपंक्तिमा रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्णायक शक्ति बन्ने भएका छन् । प्रतिनिधि सभामा रास्वपाले शानदार विजयी भए पनि दुई तिहार्य पुर्याउन केही सिट मात्रै अपुग हुने देखिएको छ ।
रास्वपालाई दुई तिहाई पुर्याउनका लागि प्रचण्ड र उनको पार्टी नेपाली कम्युनिष्ट पार्टी निर्याक शक्तिका रुपमा देखिने सम्भावना बढेको हो । रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेको छ भने अब दुई तिहाई पुर्याउनका लागि ५९ सिट आवश्यक छ । ५० देखि ५५ सिट समानुपातिकमा ल्याएको अवस्थामा रास्वपाले संविधान संशोधन गर्नका लागि प्रचण्डको सहयोग लिनु पर्ने सम्भावना देखिन्छ ।












