Dhulikhel Eco Banner new

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड

1.05K
shares

काठमाडौं, २९ फागुन । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज बिहान गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको हो।

कम्पनीले फागुन १२ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४५ लाख कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

उक्त आईपीओमा कुल २४ लाख १३ हजार ५१७ जनाबाट आवेदन परेकोमा २३ लाख ७६ हजार ७०५ जनाको आवेदन मात्र स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँड गर्दा ४ लाख ५० हजार आवेदकले न्यूनतम १०र१० कित्ताका दरले शेयर पाएका छन्। बाँकी आवेदक भने आईपीओबाट वञ्चित भएका छन्।