कपनमा चल्यो बालेनको डोजर
वि.सं.२०८० साउन २६ शुक्रवार १७:५८
4.63K
shares
shares

काठमाडौं, २६ साउन । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ । हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन ।
आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरेको हो ।
यसअघि बुढानिलकण्ठका स्थानीय र जनप्रतिनिधिले महानगरको कार्यक्षेत्र नपर्ने भन्दै डोजर चलाउन रोक लगाएका थिए ।












