Dhulikhel Eco Banner new
HRM

प्रतितोला १ हजार २ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

793
shares

काठमाडौं, ३ भदौ । स्थानिय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य मंगलबार १ हजार २ सयले घटेर प्रतितोला १ लाख ९५ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । सोमवार २ हजार ३१५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३०० रुपैयाँ कायम भएको छ।