Dhulikhel Eco Banner new

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

18.46K
shares

काठमाडौं, १४ पुस । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुल चन्द्र पराजुलीले लघुवित्त क्षेत्रको अवस्था अघिल्लो समयको तुलनामा क्रमिक रूपमा सुधार हुँदै गएको बताएका छन्। केटिएम भ्वाइसले सुरु गरेको ‘लघुवित्त फोकस’ सिरिजमा कुरा गर्दै सीईओ पराजुलीले यस्तो बताएका हुन् ।

उनका अनुसार राष्ट्र बैंकले एक व्यक्तिले दुईवटा संस्थामा मात्र बस्न पाउने र दुईवटा संस्थाबाट मात्रै कर्जा लिन पाउने व्यवस्था गरेपछि लघुवित्त क्षेत्रमा देखिएको अस्थिरता केही हदसम्म कम हुँदै आएको छ। “बीचमा केही बाधा आएको थियो, तर अहिलेको अवस्था सुधारतर्फ उन्मुख भएको उनले बताए ।

कर्जाको रिकभरी अवस्थाबारे बोल्दै सीईओ पराजुलीले पुराना कर्जाको अपेक्षाअनुसार असुली हुन नसकेको बताएका छन् । “पहिले प्रवाह भएका कर्जाको रिकभरी जुन हिसाबले हुनुपर्ने थियो, त्यो हुन सकेको छैन। तर पछिल्लो समय प्रवाह गरिएका नयाँ कर्जामा समस्या नभएको उनले स्पष्ट पारे।

उनले ज्योति विकास बैंकको घटनाले कर्मचारीमा अझै पनि डर, त्रास र आशंकाको भावना रहेको बताए। “कर्मचारीको मनोबल केही खस्किएको जस्तो देखिन्छ। खुलेर उच्च मनोबलका साथ काम गर्ने अवस्था छैन, जसको असर पुराना कर्जाको रिकभरीमा परेको छ,” उनले भने। तर पछिल्लो चरणमा लगानी गरिएका कर्जाको रिकभरी भने पहिलेभन्दा राम्रो भइरहेको उनको भनाइ छ।

आफ्नो संस्थाको अवस्थाबारे सीईओ पराजुलीले कालिका लघुवित्तको अवस्था सन्तोषजनक रहेको बताए। चालु आर्थिक वर्षको पहिलो त्रैमास राम्रै भएको भएको जानकारी दिए।

सम्पादकीय नोटः लघुवित्तबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘लघुवित्त फोकस’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै लघुवित्तका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने लघुवित्त क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ । 

Follow Up

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’