Dhulikhel Eco Banner new

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

11.61K
shares

काठमाडौं, १५ पुस । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलाराज शर्मा जोशीले लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको बताएका छन्। केटिएम भ्वाइसले सुरु गरेको ‘लघुवित्त फोकस’ सिरिजमा कुरा गर्दै सीईओ जोशीले यस्तो बताएका हुन् ।

उनले बाह्य आर्थिक परिस्थिति र आन्तरिक चुनौतीका कारण लघुवित्त संस्थाहरू दबाबमा परेको उल्लेख गरे। जोशीका अनुसार हाल लघुवित्तको गतिविधि बढिरहेको भए पनि नियमनकारी निकायले परिस्थिति अनुकूल लचिलो नीति ल्याउनुको सट्टा कडाइका साथ नियमन लागू गरेको छ। यसले लघुवित्त संस्थाहरूलाई थप चुनौतीमा पारेको उनको भनाइ छ।

रिकभरी अवस्थाबारे बोल्दै सिइओ जोशीले जेन–जि आन्दोलनपछिको समयमा सुधार आउने अपेक्षा गरिए पनि अवस्था उल्टै झन खस्किँदै गएको बताए। उनका अनुसार कर्जाको असुली अपेक्षित रूपमा सुधार हुन सकेको छैन।

लघुवित्त क्षेत्रमा देखिएका समस्याबारे उनले ज्योति विकास बैंकसँग जोडिएको घटनापछि मात्र विषय सतहमा आएको बताए। तर लघुवित्त क्षेत्रमा यस्ता घटना विभिन्न स्थानमा नियमितजस्तै भइरहेको उनको दाबी छ। “समस्या देखाउने प्लेटफर्म नहुँदा धेरै विषय लुकाइ–छपाइ भइरहेको छ,” उनले भने, “समस्या सार्वजनिक गर्दा झन ठूलो असर पर्ने डरले संस्थाहरू मौन बसिरहेका छन्।”

आफ्नो संस्थाको अवस्थाबारे जोशीले अपेक्षा अनुसार प्रगति हुन नसकेको स्वीकार गरे। राम्रो गर्ने उद्देश्यसहित अघि बढे पनि परिणाम सोचेजस्तो नआएको उनको भनाइ छ। यद्यपि केही सुधार देखिएको भए पनि सन्तोषजनक अवस्थामा पुग्न नसकेको उनले बताए।

हालै सम्पन्न पहिलो त्रैमासिक (फस्ट क्वाटर) नतिजाबारे पनि उनले सुधारतर्फ स्पष्ट संकेत नदेखिएको उल्लेख गरे। उनका अनुसार लघुवित्त क्षेत्र अझै चुनौतीपूर्ण चरणमै रहेको छ र समग्र सुधारका लागि नीतिगत सहयोग र स्थिर आर्थिक वातावरण आवश्यक छ।

सम्पादकीय नोटः लघुवित्तबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘लघुवित्त फोकस’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै लघुवित्तका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने लघुवित्त क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ । 

Follow Up

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’