दिगो ई–स्टप कुरिनटारमा केएफसीको नयाँ आउटलेट उद्घाटन
वि.सं.२०८२ पुस १७ बिहीवार १५:४५
shares

काठमाडौं, १७ पुस । दिगो ग्रुप अफ इन्डस्ट्रीज अन्तर्गत सञ्चालित दिगो ई–स्टपले कुरिनटारमा विश्वप्रसिद्ध फास्टफुड चेन केएफसीको नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ। उद्घाटनको अवसरमा सीमित समयका लागि ग्राहकहरूलाई २५ प्रतिशत विशेष छुट प्रदान गरिएको छ।
राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय समुदायलाई लक्षित गरी सञ्चालनमा आएको यस आउटलेटले भोजन र विश्रामको अनुभवलाई थप सहज, आधुनिक र आकर्षक बनाउने अपेक्षा गरिएको छ। दिगो ई–स्टप कुरिनटारमा अब यात्रुहरूले आफ्ना निजी तथा व्यवसायिक विद्युतीय सवारी साधन चार्ज गर्दै विश्वभर लोकप्रिय केएफसीका परिकारहरूको स्वाद लिन सक्नेछन्।
दिगो ग्रुप अफ इन्डस्ट्रीजका समूह प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले दिगो ई–स्टप यात्रु–केन्द्रित तथा जीवनशैली–मैत्री अवधारणामा आधारित रहेको बताउँदै कुरिनटारमा केएफसीको उद्घाटनसँगै सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउन सफल भएको उल्लेख गरे ।
दिगो ई–स्टप कुरिनटारले निजी तथा व्यवसायिक विद्युतीय सवारीका लागि द्रुत चार्जिङ सेवा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवाहरू उपलब्ध गराउँदै आएको छ। केएफसीको आगमनले दिगो ई–स्टपलाई दीगो यात्रा, सुविधा र आधुनिक जीवनशैली अनुभवको केन्द्रका रूपमा थप सुदृढ बनाउने विश्वास लिइएको छ।
उद्घाटन अवसरमा प्रदान गरिएको २५ प्रतिशत विशेष छुटसहित दिगो ई–स्टप कुरिनटारले यात्रु, परिवार तथा स्थानीय बासिन्दाहरूलाई स्वाद, सुविधा र आरामको नयाँ अनुभव लिन आमन्त्रण गरेको जनाएको छ।
















