अभियान लघुवित्तको डिसीईओमा रेशम न्यौपाने नियुक्त
वि.सं.२०८२ पुस १७ बिहीवार १६:२८
shares

काठमाडौं, १७ पुस । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा रेशम न्यौपानेलाई नियुक्त गरेको छ।
संस्थाको सञ्चालक समितिको पुस १६ गते बसेको बैठकको निर्णयअनुसार लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–११ निवासी न्यौपानेलाई उक्त पदमा नियुक्त गरिएको हो। अभियान लघुवित्तको केन्द्रीय कार्यालय पनौती नगरपालिका–४, काभ्रेपलाञ्चोकमा रहेको छ।
न्यौपानेसँग वित्तीय क्षेत्रमा २४ वर्षभन्दा बढीको अनुभव रहेको छ। उनी यसअघि साधना लघुवित्त वित्तीय संस्थामा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा कार्यरत थिए। साधना लघुवित्त र सम्पदा लघुवित्तबीचको मर्जरपछि उनी सम्पदा लघुवित्तमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसीईओ) का रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
कर्मचारी व्यवस्थापन तथा कर्मचारी उत्प्रेरण (मोटिभेसन) मा अब्बल मानिने न्यौपानेको नियुक्तिसँगै अभियान लघुवित्तको व्यवस्थापन क्षमता थप सबल हुने अपेक्षा गरिएको छ।
















