‘ लघुवित्त क्षेत्र समग्रमा चुनौतीबीच पनि क्रमिक सुधारको बाटोमा रहेको छ ’
वि.सं.२०८२ पुस ३० बुधवार १७:४३
shares

काठमाडौं, ३० पुस । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु प्रसाद उपाध्यायले लघुवित्त क्षेत्र समग्रमा चुनौतीबीच पनि क्रमिक सुधारको बाटोमा रहेको बताएका छन् । केटिएम भ्वाइसले सुरु गरेको ‘लघुवित्त फोकस’ सिरिजमा कुरा गर्दै सीईओ उपाध्यायले यस्तो बताएका हुन् ।
आफ्नो संस्थाको अवस्थाबारे बोल्दै उनले गुराँस लघुवित्तको वित्तीय अबस्था सन्तोषजनक रहेको उनले भने । उनका अनुसार गुराँस लघुवित्तप्रति ग्राहकहरूको विश्वास कायमै छ। “म त मेरो संस्थाको मात्रै भन्न सक्छु, अरुको त मार्केटिङ कुरा हो अवस्था ठिकै छ। ग्राहकहरूले हामीलाई माया गर्नुभएको छ,” उनले भने ।
रिकभरीको अवस्थाबारे उनले पछिल्लो समय सुधार देखिएको बताए। “रिकभरी भनेको ग्राहकहरूले आफैंले दिएको बचत हो भन्ने कुरा कर्मचारीहरूले बुझाइरहनु भएको छ। केही समस्या त आउँछन्, तर समग्रमा काम भइरहेको छ,” उनले भने ।
बैंकिङ क्षेत्रमा देखिएका केही नकारात्मक घटनाले लघुवित्त क्षेत्रमा पनि असर पारेको हो कि भन्ने प्रश्नमा उनले कहिलेकाहीँ यस्ता घटना सुनिने गरेको बताए । “कहिलेकाहीँ त हुन्छ, मिडियामा आइरहेको हुन्छ,” उनले भने ।
गुराँस लघुवित्तको वर्तमान अवस्था राम्रो रहेको जनाउँदै उनले संस्थाको पहिलो त्रैमासिक (फस्ट क्वाटर) नतिजा पनि सामान्य र सन्तोषजनक रहेको बताए। “ठीकै छ, नरमलै छ। अब सेकेन्ड क्वाटर आउन लाग्दै छ। एउटा लेभलको ग्रोथ भने छ,” उनले भने ।
सीईओ उपाध्यायले गुराँस लघुवित्तले ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी वृद्धि गर्ने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गरे। “क्लाइन्टलाई फाइदा दिँदै वृद्धि गर्ने माइक्रोफाइनान्स कार्यक्रमअनुसार नै संस्था अगाडि बढिरहेको छ,” उनले बताए ।
सम्पादकीय नोटः लघुवित्तबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘लघुवित्त फोकस’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै लघुवित्तका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने लघुवित्त क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।
















