Dhulikhel Eco Banner new

कालिका लघुवित्तमा फेरि लफडा, कार्यकाल बाँकी छदै बाहिरिए सीईओ

14.64K
shares

काठमाडौं, २ माघ । कालिका लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले पदबाट राजीनामा दिएका छन् । कार्यकाल बाँकी छदै सीईओ पराजुलीले पदबाट राजीनामा बुझाएका हुन् । उनले आइतबार (४ माघ) बाट लागू हुने गरी पदत्याग गरेका हुन् । अर्थात उनले आफैबाट संस्थालाई टाटाबाईबाई भन्नेछन् ।

उनी २०८० चैतमा मात्रै सीईओ नियुक्त भएका थिए । ४ वर्षका लागि सीईओ नियुक्त भएका पराजुलीले आधा कार्यकाल पनि पूरा नगरी संस्थाबाट बाहिरिएका छन् । यो घटनाले कालिकामा पुनः लफडा सुरु भएको हो कि भन्ने आशंका उत्पन्न गराएको छ । कालिका लघुवित्त कुनै बेला ‘लफडेबाज लघुवित्त’ का नामले परिचित संस्था हो । यद्यपि पछिल्लो समय भने ट्रयाकमै चलिरहेको थियो ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले सीईओले राजीनामा दिएको पुष्टि गरे । उनका अनुसार राजीनामाको पत्रमा भने घरायसी समस्यामात्रै लेखिएको छ ।