Dhulikhel Eco Banner new

लघुवित्तको जागिर छाडेका बोहरा रास्वपाबाट उम्मेदवार सिफारिस

18.72K
shares

काठमाडौं, ४ माघ । लघुवित्तकर्मी मीनबहादुर बोहरा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी कैलाली–४ बाट सिफारिस भएका हुन् । यस क्षेत्रबाट उम्मेदवारीका लागि ४ जनाको नाम सिफारिस भएको छ । बोहरा भने तेस्रो नम्बरमा रहेका छन् ।

कालिका लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त, धौलागिरी लघुवित्त साथै तत्कालीन मिर्मिरे लघुवित्तको कार्यकारी नेतृत्व गरेको बोहरा ररास्वपाबाट आकांक्षी छन् । यद्यपि, उनले टिकट पाउने वा नपाउने भन्ने यो समाचार तयार पार्दासम्म टुंगो लागेको छैन ।

छोटो समय लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्ष समेत बनेका बोहरा पछिल्लो समय भने कफी व्यवसायमा संलग्न थिए । उनले काठमाडौंको कमलपोखरीमा किंग्स कफी सञ्चालन गरिरहेका छन् ।