शेयर बजारमा ११ अर्ब ८५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ ६ मंगलवार १५:१९
1.51K
shares
shares

काठमाडौं, ६ माघ । शेयर बजारमा ११ अर्ब ८५ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४० करोड ७९ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन राधी विद्युतको ३९ करोड ३ लाख रुपैयाँ कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको ३७ करोड ७ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी ग्रीन भेन्चर्सको ३० करोड १३ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको २६ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ ।
















