Dhulikhel Eco Banner new

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

520
shares

काठमाडौं, ६ माघ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूको बैंकिङ अनुभवलाई अझ सहज र प्रिमियम बनाउन दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ नामक यी कार्डहरू ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राखेर ल्याएको जनाएको छ।

बैंकका अनुसार, नयाँ कार्डहरूले दैनिक बैंकिङ अनुभवलाई सहज बनाउने मात्र होइन, विभिन्न प्रिमियम आउटलेटहरूमा छुट र विमानस्थल लाउन्ज सुविधा समेत प्रदान गर्नेछन्। विशेषगरी, धेरै यात्रा गर्ने र लचिलो बैंकिङ सेवा खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड उपयोगी हुने अपेक्षा गरिएको छ।

यी कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा पनि विशेष सहुलियत प्राप्त हुने बैंकले जनाएको छ। डिजिटल बैंकिङ्गमा अग्रणी रहेको एनएमबि बैंकले आफ्नो ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू उपलब्ध गराएको छ।

नयाँ कार्डबारे थप जानकारी लिन वा सेवा प्रयोग गर्न इच्छुक ग्राहकहरूले आफ्नो नजिकैको एनएमबि बैंक शाखा वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा प्रदान गर्दै आएको छ।