जुत्ता चप्पल उद्योग व्यवसायी संघमा नयाँ कार्यसमिति, अध्यक्षमा न्यौपाने
वि.सं.२०८२ माघ १० शनिवार १८:२४
shares

काठमाडौं, १० माघ । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा राम प्रसाद न्यौपाने निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको छैठौँ महाधिवेशन तथा बाह्रौँ साधारणसभाबाट न्यौपाने निर्विरोध रुपमा अध्यक्ष निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षहरुमा हिमलाल पौडेल, सुरेन्द्र राम, कृष्ण पौडेल र शैलेन्द्र केसी चयन भएका छन् । महासचिवमा विश्वजीत राई चयन भएका छन् भने सचिवहरुमा पवन कटुवाल, विर्खबहादुर तामाङ, रंग बहादुर कार्की र रमा नेपाली (अछामी) चयन भएका छन् ।
संघको कोषाध्यक्षमा राजन भट्टराई र सहकोषाध्यक्षमा केशव अछामी चयन हुँदा सदस्यहरुले रमिला केसी, गोबर्धन केसी, दुर्गादत्त भट्ट, तारादेवी तामाङ, नविन अधिकारी, दिपक थापा र अर्जुन पौडेल चयन भएका छन् ।















