सानिमा बैंकका नयाँ सीईओका लागि बिएमडब्ल्यू गाडि किनियो
वि.सं.२०८२ माघ १२ सोमवार १८:०२
shares

काठमाडौं, १२ माघ । सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले ब्राण्ड न्यू गाडि चढ्न सुरु गरेका छन् । बैंकको सीईओका रुपमा पदबहाली गरेकै दिन सीईओका लागि भन्दै नयाँ गाडि बिएम डब्लु खरिद गरिएको हो ।
बागमती प्रदेश–०१, ०३४ च लटको ०१९५ नम्बरको नयाँ गाडि कम्पनीले सोमबार नै डेलिभरी समेत दिएको छ । आचार्य सोमबार मात्रै सीईओको रुपमा पदबहाली गरेका थिए । पदबहाली लगत्तै बैंकले बिएमडब्लु कम्पनीका कर्मचारीलाई नयाँ गाडि डेलिभरीका लागि अनुरोध गरेका थिए ।
लगत्तै गाडि कम्पनीका कर्मचारीहरु सुटबुटसहित गाडि लिएर बैंक पुगेका थिए । गाडि आउने वित्तिकै उत्साहित बनेका आचार्यले नयाँ गाडि चढेर एक राउण्ड नक्साल घुमेको बैंकको फाइनान्स डिपार्टका एक कर्मचारीले केटिएम भ्वाइसलाई जानकारी दिए ।















