Dhulikhel Eco Banner new

कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त

2.34K
shares

काठमाडौं, १६ माघ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा फणिन्द्र पाण्डे नियुक्त भएका छन् । संस्थाको माघ १५ गते बसेको सञ्चालक समितिको २६६औँ बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार पाण्डेले माघको १८ गतेदेखि लागू हुने गरी चार वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

पाण्डे यसअघि लामो समयदेखि संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारीमा कार्यरत थिए । संस्थागत व्यवस्थापन, नियामक समन्वय तथा प्रशासनिक क्षेत्रमा उनको उल्लेखनीय अनुभव रहेको बताइएको छ ।