नेक्सजेन म्यानेजमेन्टले प्राप्त गर्यो केयर–एनपी ‘डबल बी’ रेटिङ
वि.सं.२०८२ माघ १६ शुक्रवार ११:०५
shares

काठमाडौं, १६ माघ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने प्रयोजनका लागि केयर–एनपी ‘डबल बी’ इश्युअर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडको माघ १४ गतेको निर्णयअनुसार उक्त रेटिङ प्रदान गरेको हो ।
लगानी व्यवस्थापन कम्पनीका रूपमा कार्य गर्दै आएको नेक्सजेन म्यानेजमेन्टले २०८२ साल पौष मसान्तभित्र संस्थापक सेयरधनीहरूबाट ५० करोड रुपैयाँ पूँजी जुटाइसकेको जनाएको छ । २०७४ सालमा स्थापना भएको कम्पनी विगत छ वर्षदेखि निरन्तर खुद नाफामा सञ्चालन हुँदै आएको छ । यसअघिका वर्षहरूमा कम्पनीले सेयरधनीलाई लाभांशसमेत वितरण गरिसकेको छ । कम्पनीको हालको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको जनाइएको छ ।
यसैबीच, मिति २०८२ माघ ५ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कुल जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार कम्पनीको चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
सर्वसाधारणमा सेयर निष्काशन प्रक्रियाका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले मिति मंसिर ८ गते लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सम्झौता गरिसकेको जानकारी दिएको छ ।















