नेपाल टेलिकममा ८० जनाको लागि रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?
वि.सं.२०८२ माघ १६ शुक्रवार ११:१९
shares

काठमाडौं, १६ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी नियुक्त गर्न लागेको हो।
नेपाल टेलिकमका अनुसार जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका १२ वटा पदमा ८० जना कर्मचारी नियुक्त गरिनेछ। भर्ना प्रक्रिया लोक सेवा आयोगको सहकार्यमा सञ्चालन हुनेछ।
इच्छुक तथा योग्य नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद फागुन ७ गतेसम्म तोकिएको छ। तोकिएको समयभित्र आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ।
पद, तह, सेवा तथा आवश्यक योग्यता सम्बन्धी विस्तृत विवरण नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा लोक सेवा आयोगको सूचनामार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।















