Dhulikhel Eco Banner new

हालसम्मकै उच्च मूल्यबाट प्रतितोला २० हजार ५ सयले घट्यो सुनको मूल्य

1.73K
shares

काठमाडौं, १६ माघ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य हालसम्मकै उच्च अंकबाट घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीवार प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ४४० रुपैयाँले घटेर शुक्रवार ७ हजार ६५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदी प्रतितोला ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।