Dhulikhel Eco Banner new

प्राविधिक शिक्षा परिषदद्धारा १०० जनाका लागि आवेदन खुला

1.39K
shares

काठमाडौं, २३ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा १०० जना कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

परिषद्का अनुसार वरिष्ठ प्रशिक्षक, वरिष्ठ विद्युत प्रशिक्षक, शाखा अधिकृत, लेखा अधिकृत, कानून अधिकृतलगायतका पदमा आवेदन खुला गरिएको हो। साथै कार्यालय सहायक, सहलेखापाल र मेकानिकल प्रशिक्षण सहायकजस्ता पदहरूमा पनि कर्मचारी माग गरिएको छ।

तोकिएको शैक्षिक योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकले परिषद्को आधिकारिक अनलाइन वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन २३ गते तोकिएको छ भने दोब्बर दस्तुर तिरी फागुन ३० गतेसम्म पनि आवेदन दिन सकिने परिषद्ले जनाएको छ।

खुला प्रतिस्पर्धाबाट योग्य जनशक्ति छनोट गरी परिषद्का विभिन्न कार्यालय तथा तालिम केन्द्रमा नियुक्ति गरिने बताइएको छ।