Dhulikhel Eco Banner new

मुक्तिनाथमा राष्ट्रिय स्की प्रतियोगिताको तयारी, हिउँमा खेलाडीहरूको प्रशिक्षण

4.23K
shares

काठमाडौं, २३ माघ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ नजिकै आगामी राष्ट्रिय स्की प्रतियोगिताका लागि खेलाडीहरूको स्की प्रशिक्षण भइरहेको छ।

नेपाल स्की एसोसिएसनको आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यक्रममा २२ जना खेलाडी सहभागी छन्। विभिन्न प्रदेशबाट आएका खेलाडीहरू शनिबार आयोजना हुने प्रतियोगिताको तयारीमा जुटेका छन्।

उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूमध्ये कर्णाली प्रदेशका ८ वर्षे सम्भव सिम्खडा सबैभन्दा कान्छा खेलाडी हुन्। सानो उमेरमै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै उनले सबैको ध्यान आकर्षित गरेका छन्।

हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रलाई उपयोग गर्दै आयोजना गरिएको यस प्रतियोगिताले नेपालमा स्की खेलको सम्भावना र हिमाली पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने आयोजकको विश्वास छ।