लुम्बिनी प्रदेश लोक सेवा आयोगले खुलायो आवेदन
वि.सं.२०८२ माघ २३ शुक्रवार १०:२७
shares

काठमाडौं, २३ माघ । प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका पदहरूमा ठूलो संख्यामा आवेदन खुलाएको छ।
आयोगले प्रशासन सेवातर्फ प्रशासन सहायक र लेखा सहायक, आ. इन्जिनियरिङ सेवातर्फ खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन पदमा, इ. कृषि सेवातर्फ पशु स्वास्थ्य प्राविधिक सहायक, पशु सेवा प्राविधिक सहायक, सहायक पशु स्वास्थ्य प्राविधिक, सहायक पशु विकास प्राविधिक, बाली विकास प्राविधिक सहायक, सहायक माटो प्राविधिक र सहायक कृषि प्राविधिक पदमा आवेदन खुलाएको जनाएको छ।
त्यसैगरी, ई। स्वास्थ्य सेवातर्फ वैद्य, अ. हे. व.रहोल्ड चेन सहायक, अ. न. मि., ल्याब असिस्टेन्ट र डार्क रूम असिस्टेन्ट पदमा गरी कुल ३८७ जनाका लागि आवेदन माग गरिएको छ।
आवेदन दिने इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन पेश गर्ने अन्तिम मिति फागुन ११ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर आवेदन दिने अन्तिम मिति फागुन २१ गतेसम्म रहनेछ।












