Dhulikhel Eco Banner new

राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

3.17K
shares

काठमाडौं, ६ फागुन । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कर्मचारी मागेको छ। बैंकले व्यवस्थापकीय श्रेणी अन्तर्गत १ जना प्रमुख वित्त अधिकृतको रिक्त पद रहेको पदमा कर्मचारी माग गरेको हो। बैंकले खुला प्रतिस्पर्धाद्वारा स्थायी पद पूर्ति गर्न यो सूचना आज पुनः यो सूचना प्रकाशन गरेको हो।

उक्त पदका लागि योग्य तथा इच्छुक व्यक्तिले यो सुचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित इमेल मार्फत आवेदन बुझाउनुपर्नेछ।

उक्त पदका लागि आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, मानविकी (अर्थशास्त्र) वा वाणिज्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै कम्तीमा दोस्रो श्रेणी वा सो सरह ग्रेड प्राप्त गरेको हुनुपर्नेछ।

त्यस्तै, बैंक, वित्तीय संस्था, सहकारी वा सम्बन्धित क्षेत्रमा अधिकृतस्तरमा कम्तीमा तीन वर्षको कार्य अनुभव अनिवार्य गरिएको छ। उमेर हदका सम्बन्धमा न्यूनतम २५ वर्ष पूरा गरी अधिकतम ४५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ।

बैंकले तोकिएको समयसीमाभित्र आवेदन नदिने वा अपूर्ण कागजात पेश गर्ने आवेदकको आवेदन अस्वीकार गरिने स्पष्ट पारेको छ।