Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ४ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.59K
shares

काठमाडौं, ७ फागुन । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधवार प्रतितोला ३ लाख ४ सयमा कारोबार भएको छापावाल सुन बिहीवार बढेर प्रतितोला ३ लाख ४ हजार ७ सयमा कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १८० रुपैयाँले बढेर बिहीवार ५ हजार ६० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।