पाँच वर्षमा आय ३ हजार डलर र वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने एमालेको बाचा
वि.सं.२०८२ फागुन ७ बिहीवार १७:४०
shares

काठमाडौं, ७ फागुन । आगामी निर्वाचनका लागि नेकपा एमालेले पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
घोषणापत्रअनुसार कृषि, उद्योग, विद्युत्, सूचना प्रविधि र पूर्वाधारमा फड्को मार्दै ७–९ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने योजना रहेको छ।
एमालेले न्यून आय भएका परिवारलाई सहुलियत ऋणमार्फत आवास उपलब्ध गराउने, सबै घरमा आधारभूत खानेपानी पुर्याउने, ग्यास र फलाम खानी व्यावसायिक गर्ने, र निर्यात दोब्बर गर्ने लक्ष्य अघि सारेको छ।
साथै, सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल सेवा विस्तार, शिक्षा र स्वास्थ्य पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश छ।















