हर्क साम्पाङलाई पछि पार्दै गोमा तामाङ अगाडि
वि.सं.२०८२ फागुन २२ शुक्रवार १७:४१
shares

काठमाडौं, २२ फागुन । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन्।
प्राप्त प्रारम्भिक मतपरिणामअनुसार गोमा तामाङले ४६१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी का उम्मेदवार हर्कराज साम्पाङले १५४ मत ल्याएका छन्।
यस्तै नेपाली कांग्रेस का सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव श्रेष्ठ ले ९५ मत ल्याएका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी का सूर्यबहादुर भट्टराई ले ४१ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का टीकाराम लिम्बू ले २० मत ल्याएका छन्।













