सिन्धुलीमा नेकपालाई महेश्वरले हराए, हरिबोलले भोलि उत्सव मनाउने
वि.सं.२०८२ फागुन २३ शनिवार १६:०६
shares

काठमाडौं, २३ फागुन । सिन्धुली क्षेत्र नं. २ नेकपाको आन्तरिक द्वन्द्धका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जित हासिल पारेका छन् । नेकपाका आधिकारिक उम्मेदवार राजन दाहाललाई झिनो मतान्तरले हराउदै रास्वपाबाट हरिबोल गजुरेलका भतिज आशिस गजुरेल विजयी भएका छन् ।
यस क्षेत्रमा नेकपाका नेता तथा प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले बागी उम्मेदवारी दिएका थिए । हरिबोलका भतिज आशिसले १७ हजार ९४० मत ल्याएर विजयी हुँदा नेकपाका दाहालले १४ हजार ७८० मत प्राप्त गरे ।
नेकपाका बागी महेश्वरले ५८१ भोट ल्याए । बागी उम्मेदवारी नपरेको अवस्थामा भने यस क्षेत्र नेकपाले जित्ने कन्फर्म जस्तै थियो ।
उता नेकपाका उम्मेदवारविरुद्ध बागी उठाएर आफ्ना भतिजलाई जिताएका हरिबोलले विजय उत्सव मनाउने तयारी गरेका छन् । अवसरवादी नेताको छवी बनाएका गजुरेल पटक–पटक राजकीय जिम्बेवारी पाएका थिए । अहिले नेकपालाई हराएर भतिजलाई जिताउन सफल भएपछि उनले उत्सव मनाउने तयारी गरेका हुन् ।













