बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी
वि.सं.२०८२ फागुन २४ आइतवार १२:०६
shares

काठमाडौं, २४ फागुन । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन्। उनी नेकपा एमालेका लालबहादुर थापालाई ५४० मतले पछि पार्दै जितेका हुन्। गिरीले १७ हजार १७३ मत पाएका छन् भने थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३,४२८ मत ल्याएका छन्। नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह पनि ३,४२८ मतसहित चौथो स्थानमा रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाहीले ३५२ मत पाएका छन्।
नेकपा माओवादीका भुपेन्द्र ल्वारले ३३३ मत प्राप्त गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपककुमार डिसीले ९७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन्।












