Dhulikhel Eco Banner new

हर्क साम्पाङ बन्ने भए राष्ट्रिय नेता, श्रम संस्कृतिले कटायो थ्रेसहोल्ड

1.74K
shares

काठमाडौं, २५ फागुन । धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अब राष्ट्रिय स्तरको नेता बन्ने भएका छन् । उनको पार्टीले समानुपातिकमा थ्रेस होल्ड कटाउदै राष्ट्रिय पार्टी बन्ने पक्का भएको छ ।

श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्दा हर्क साम्पाङ अब त्यस दलको संसदीय दलको नेता हुनेछन् । सामाजिक सञ्जालमा कडा र खरो रुपमा प्रस्तुत हुदै आएका साम्पाङले अब संसदीय राजनीतिमा आफ्नो कस्तो उपस्थिति देखाउछन त्यो भने हेर्न बाँकी छ ।

राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षमा कम्तिमा १ सिट र समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । श्रम संस्कृतिले प्रत्यक्षमा नै ३ सिट जितिसकेको छ भने समानुपातिकमा पनि ३ प्रतिशत कटाएको छ ।

यो समाचार तयार पर्दासम्म ७८ लाख ७३ हजार १६८ समानुपातिक मत गण्ना भएको छ । यसको ३ प्रतिशत भनेको २ लाख ३६ हजार १९५ हो, तर श्रम संस्कृतिले त्यो भन्दा धेरै २ लाख ६१ हजार ८५३ मत ल्याइसकेको छ । मत गणना हुन अब एक तिहाई मात्रै बाँकी छ । यही अवस्था कायम रहे अब राष्ट्रिय राजनीतिमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टी अस्तित्वमा रहनेछन् ।