शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन
वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:४१
shares

काठमाडौं, २६ फागुन । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने फागुन २६ अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा तथा २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरिसकेको छ।
पहिलो चरणको सेयर बाँडफाँडपछि बाँकी रहेको १९ लाख ९७ हजार ७७८ कित्तामध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सर्वसाधारणले आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था गरिएको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले कम्पनीलाई “ईक्रा एनपी इस्यूअर रेटिङ डबल बी” प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले यो रेटिङ गत मंसिर २५ गते प्राप्त गरेको हो भने आगामी मंसिर २४ गतेसम्म यो रेटिङ बहाल रहनेछ












