Dhulikhel Eco Banner new

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख कित्ता संस्थापक शेयर लिलामीमा

6.12K
shares

काठमाडौं, २६ फागुन । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख ८६ हजार ४३३ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको जनाएको छ। कम्पनीका अनुसार शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ।

शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १ लाख कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ। इच्छुक लगानीकर्ताले अधिकतममा १० अंकको गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

शेयर खरीद गर्न चाहनेले आफूले किन्न चाहेको शेयर संख्या र प्रस्तावित दर उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

कम्पनीका अनुसार बोलपत्र आज फागुन २६ गतेदेखि चैत १० गते दिउँसो ३ बजेसम्म पेश गर्न सकिनेछ। प्राप्त बोलपत्रहरू चैत ११ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी दिइएको छ।