Dhulikhel Eco Banner new

मिथिला लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

1.99K
shares

काठमाडौं, २७ फागुन । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले सहायक (चौथो तह) मा केही संख्यामा र कनिष्ठ सहायक (तेस्रो तह) मा २० जना कर्मचारी भर्ना गर्ने जनाएको छ। सहायक पदका लागि एसएलस\एसईई वा सो सरह परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव भएको हुनु पर्नेछ। कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा मोटरसाइकल वा स्कूटर चलाउन सक्ने र सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

कनिष्ठ सहायक पदका लागि पनि एसएलसीरएसईई वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। यस पदका लागि पनि मोटरसाइकल वा स्कूटर चलाउन सक्ने र सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिला उम्मेदवारको हकमा ५ वर्ष थप हुने व्यवस्था गरिएको छ।

भर्ना प्रक्रियाअन्तर्गत लिखित परीक्षा, फिल्ड अवधारणा, कम्प्युटर सम्बन्धी प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी प्रमाणपत्र र पासपोर्ट साइज फोटो सहित आगामी १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।