प्रतितोला २ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ फागुन २७ बुधवार १०:५१
2.25K
shares
shares

काठमाडौं, २७ फागुन । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो ।
महासंघका अनुसार सोमवार प्रतितोला ३ लाख १७ हजारमा कारोबार भएको छापावाल सुन मंगलवार बढेर प्रतितोला ३ लाख १९ हजारमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्यभने स्थिर रहेको छ । सोमवार प्रतितोला ५ हजार ७२० कारोबार भएको चाँदीको मूल्य मंगलवार पनि सोहि मूल्यमा कायम भएको छ ।













