होटल फरेष्टको आईपीओ नेप्सेमा सूचीकृत
वि.सं.२०८२ फागुन २७ बुधवार १५:३८
2.22K
shares
shares

काठमाडौं, २७ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा होटल फरेष्ट इन लिमिटेडको आईपीओ सूचीकृत भएको छ।
नेप्सेमा कम्पनीको कुल २ करोड कित्ता शेयर सूचीकृत भएको हो। सूचीकृत शेयरमध्ये १ करोड ६० लाख कित्ता संस्थापक समूहको र ४० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको शेयर रहेको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्यूनतम ९० रुपैयाँ ६५ पैसा र अधिकतम २७१ रुपैयाँ ९५ पैसासम्मको प्रारम्भिक कारोबार दायरा तोकेको छ।
यस कम्पनीको शेयर दोस्रो बजारमा भने बिहीबारदेखि कारोबारमा आउनेछ।













